देश

रास्वपा संसदीय दलको बैठक बस्दै

नवलपुर टुडे
२०८१ साउन २९ | बिहान ०९:०४ बजे
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रस्तावित जलनसम्बन्धी गैरसरकारी  विधेयकबारेमा छलफल हुनेछ । 

प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका विधेयक, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे पनि दलको बैठकमा छलफल हुने पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् । 

बैठक बिहान साढे १० बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । प्रतिनिधिसभाको बैठक पनि आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ । 
 

कमेन्टहरु