देश

नयाँ पुस्ता सहयोगी समाज सस्थाद्वारा बुटवलस्थित मैना बगरमा सहयोग

जगत ठाडा मगर
२०७८ असार १२ | बिहान ०८:०३ बजे

कृष्णा गिरी
बुटवल । हाम्रो यस नयाँ पुस्ता सहयोग समाज विशेष गरि बिद्यार्थीहरूको हित तथा उत्थानका निमित्त स्थापित तथा निस्वार्थ भावनाका साथ संचालित संस्था हो । हाम्रो प्रमुख उद्देश्य भनेको बिद्यार्थीहरूकै लागी काम गर्नु हो तर अहिले बिधालयहरु बन्द रहेको कारणले हामी बिद्यार्थीहरूको लागि केही गरिहाल्ने अवस्थामा छैनौ।

photo 2021 06 26 08 01 57

त्यस क्षेत्रमा योगदान दिन असमर्थ भैरहदा हिजो हामिलाइ बुटवल -२ मैनाबगर स्थित ५ परिवारले बिहान साझ छाक टार्न मुस्किल परेर पानी पिएर दिन गुजारा गरेको खबर आयो र त्यो खबर सुनिसकेपछी सेवा नै मुख्य धर्म हो भन्ने भावले हामिले नयाँ पुस्ता सहयोग समाजको माध्यमबाट सानो भएपनी सहगोग गरेका छौ।

यस सेवामुलक कामका लागि सहयोग गर्नुहुने यश नयाँ पुस्ता सहयोग समाजका सम्पुर्ण सदस्यहरु, हामी सबैकी अभिभावकिय ब्याक्तित्व चेतमाया जि.सि लगायत सम्पुर्णमा म अफ्नो ब्यक्तिगत र संस्थागत तर्फबाट आभार प्रकट गर्न चाहान्छु।

photo 2021 06 26 08 01 59

कमेन्टहरु