मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरामा वर्षाले ७ वटा घरहरु पुर्ण क्षति

उमेश रोकाया
२०८१ साउन २७ | मध्यान्ह ०१:०४ बजे

बाजुरा, श्रावण २७ । बाजुरा जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका वडा नम्बर ३ मा ७ वटा घरहरू पुर्ण क्षति ३ वटा घर सामान्य क्षति भएका छन। केही दिन अगाडि लगातार मुसलधारे बर्षाका कारण ३ वटा घर बाैडी, १ वटा घर गुम्बा र युना गाउँमा ६ घरहरु सहितको १० वटा घरपरिवारकाे पुर्ण रूपमा क्षतिपूर्ति भएको छ। ७ वटा घरपरिवार बास बस्नको समेत समस्या भएको वडा अध्यक्ष मंगल बुढाले बताए। जनप्रतिनिधि, प्रहरी चाैकी र वा स्तरीय विपद समितिहरु लगायत स्थलगत पुग्दा मानवीय क्षति केही नभएको छ। घरमा राखिएको धान, मकै, काेदाे, चामल, भाडाकुडा र लत्ताकपडा सहितको क्षतिपूर्ति भएको भएको छ। पीडित घरपरिवारलाई तत्कालीन व्यवस्थाका सम्बन्धि निकायले राहत सहयोग गरिदिन आग्रह समेत स्थानीयले गरेका छन।

कमेन्टहरु