गुल्मीमा बेवारिसे महिलाको शव फेला

इन्द्रजित नेपाली
२०८१ साउन २७ | बिहान ०९:०४ बजे

गुल्मी । गुल्मीमा बडीगाड खोलामा बेवारिसे अवस्थामा एक जना महिलाको शव फेला परेको छ ।
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका- ८ बडीगाड खोलामा नाम थर वतन नखुलेको अन्दाजी ५०/५५ वर्षको पहाडी मुलको जस्तो देखिने घोप्टो, नाङ्गो अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो ।
स्थानीयले बडीगाड खोलाको बीच भागमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पहिचानको लागि जिल्ला भर र छिमेकी जिल्लाहरुमा सूचना प्रवाह गरिएको केसीले बताउनुभयो ।
घटनाबारे अनुसन्धानको लागि प्रहरी निरीक्षक केसीको कमान्डमा प्रहरी टोली खटिएको छ ।























