मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

हिमालीमा पहिरोबाट ४१ पशु चौपाया मृत्यु १० घाइते

उमेश रोकाया
२०८१ साउन २६ | मध्यान्ह ०७:०४ बजे

बाजुरा, श्रावण २६ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ बौडी गाउँ नजिकै पर्ने ठिकुमा पहिराले ४१ पशु चौपाया मृत्यु १० घाइते भएका छन। आज बिहान विहान ९ बजेतिर करिब ६ सय मिटर माथिबाट एक्कासि आएको पहिराेले ४१ पशु चौपाया मृत्यु १० घाइते भएका छन। ४ जना घाइते मान्छेलाई बौडी गाउँमा स्वास्थ्य उपचार भैरहेको छ। घाइते उपचारका लागि नजिकै हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका अहेव पदम बुढा र युना आधारभुट स्वास्थ्य सेवा केन्द्रका अनमी सुस्मा विक उपचारका लागी खटिएका वडा अध्यक्ष मंगल बुढाले बताए छन।

अविरल वर्षाले पहिरोबाट बौडी गाउँका ४२ वटा मृत्यु १० वटा पशु चौपाया घाइते भएका फेला परेको छन। बिहान घटना घटि सकेपछि स्थलगत आफू सहित बिच्छ्या प्रहरी चौकी टोली पुगेर यथार्थ घटना विश्लेषण गरेको छु। घाइते भएका मान्छेहरू मध्य दुई जनालाई भोलि युना आधारभूत स्वास्थ सेवा केन्द्र उपचार नियमित गराउने अध्यक्ष बुढाले बताए। जुन आकस्मिक भएको घटनालाई मध्यनजर राखेर स्थानीय, प्रदेश र केन्द्र सरकारले क्षतिपूर्ति राहत सहयोग अपेक्षामा बसेको स्थानीय समशेर विकले आग्रह गरेका छन। बिरामीलाई सिघ्र स्वास्थ्य लाभकाे कामना घाइते मान्छेलाई अध्यक्ष बुढाले दिएका छन।

कमेन्टहरु