घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
खर्कबाट घर फर्किने क्रममा अचानक पहिरो, ४ जना घाइते


बाजुरा, श्रावण २६ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ बौडी गाउँका ४ जना खर्कबाट घरफर्किने क्रममा अचानक पहिरो आएर चार जना घाइते भएको छन् ।
आज बिहान ९ बजे गाइ बैसी राख्ने ठाउँ खर्कबाट घरतिर फर्किने क्रममा बौडी गाउँका ४ जना बाटोमा हिड्दा हिड्दै गर्दा ४ जना एक्कासि माथीबाट पहिरो आएर घाइते भएका छन। घाइते हुने १३ वर्षकी प्रेमकला बुढा, १३ वर्षकि ललिता बुढा, ११ वर्षकि अनौटी रोकाया र ५० वर्षका हस् बुढा रहेको वडा अध्यक्ष मंगल बुढाले बताए।
हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष मंगल बुढाले पहिरोमा परि दर्जनौं पशुचौपाय पुरिएको बताए ।
गोरुखर्कमा ३० परिवार बस्दै आएका थिए। घाइतेको उद्धारका लागि पहल भइरहेको र आफु घटनास्थलमै रहेको वडा अध्यक्ष बुढाले उल्लेख गरे। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख दिलिप गिरीका अनुसार सो ठाउँमा प्रहरीको टोली गइसकेको र दुरीको हिसावमा धेरै टाढा रहेकोले प्रहरी नपुग्दा सम्म क्षतीको एकिन विवरण आउन नसकेको बताए।























