देश

जंगलमा लगि १६ वर्षीया वालिकालाई करणी गर्ने अभियुक्त पक्राउ

kushal
२०७८ असार ११ | मध्यान्ह ०६:०३ बजे

खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.५ लफ्याङमा रातको समय पारी नजीकैको जंगलमा लगेर जबरजस्ती करणी गर्ने अभियुक्त पक्राउ परेको जानकारी प्राप्त भएको छ ।

१६ वर्षीया वालिकालाई ललाई फकाई गरेर जंङलमा बोलाएर जवरजस्ती करणी गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –६ नेर्पाका ३१ वर्षीय अरुण राई पक्राउ परेको प्रहरीले जनाएको छ ।

वालिकालाई ललाईफकाइ गरि बुधबार बेलुकी रातको ९ बजेको समयमा नजिकैको जंगलमा लगेर जवरजस्ती करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अमरप्रसाद गजमेरको भनाई रहेको छ ।

पीडित राईले आफुमाथी जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र सोही उजुरीको आधारमा अभियुक्त राईलाई पक्राउ गरि थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक सागर साहले बताएको छ ।

कमेन्टहरु