न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा

नवलपुर टुडे
२०८१ साउन २५ | मध्यान्ह ०७:०४ बजे

काठमाडौँ । न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।
शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशहरूको सरुवा पनि गरेको हो । यसअघि साउन १५ गते परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो ।
एक हप्ताको अन्तरालमा परिषद्ले दोस्रो पटक जिल्ला न्यायाधीशको सरुवा गरेको हो । परिषद्ले शुक्रबार ३५ जिल्ला न्यायाधीशको नियुक्तिको सिफारिस पनि गरेको छ ।



























