मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
विद्यालय कोठाको पर्खाल भत्किएको हुँदा पठनपाठन समस्या


बाजुरा, श्रावण २५ । बडिमालिका माध्यमिक विद्यालयको दुई कोठा भत्किएको हुँदा पठनपाठन समस्या आएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा रहेकोे बडिमालिका माध्यमिक विद्यालय दुई कोठा भवन भत्किएको हुँदा विद्यार्थीहरुलाई पठनपाठन निकै समस्या आएको छ। आज करिब बिहान ११ बजेतिर विद्यार्थीहरु कक्षा कोठामा बसेको समय एकासी कोठा भित्रको पर्खाल भत्किएको हो।
कक्षा २ र ३ कक्षाको बस्ने कोठा बिचको भवनको पर्खाल भत्किएपछि विद्यार्थी एकाएक गरेर बाहिर फिल्ड निकालिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकयाले बताए। विद्यालय पुराना भवनका संरचना जीर्ण अवस्थामा रहेका छन। भएको संरचना भवनको पनि पर्खाल भत्किएको हुँदा विद्यार्थी पठनपाठन जटिल समस्या आएको छ। दुई कोठा भवनको बिचको पर्खाल भत्किदा बिधालय विद्यार्थी र शिक्षकहरु दुबैलाई ठुलो जोखिममा रहेका छन्।
विद्यालय भवन एकै वर्षमा ३ पटक मर्मत गर्ने गरेका छौँ। निर्माण भएका भवन ३० वर्ष पुरानो भएका कारणले कतिपय भवन जीर्ण अवस्था पुगेका छन। भएको विद्यालय संरचना भत्किएको समस्याले विद्यार्थीहरुलाई भित्र राखेर पढाउने वातावरण नभएको विद्यालय परिवारले जनाएको छ। गर्मी समयमा विद्यार्थी कक्षा कोठामा राखेर पढाउने गरेका थियौं।
पढाउने कोठाको पर्खाल बिचमा भत्किएपछि बाहिर खुल्ला चौरमा राखेर पढाउनु पर्ने बाध्यता आएको छ। जहाँ कक्षा कोठा समस्या हुँदा विद्यालयमा विद्यार्थी भाइबहिनीलाई असुरक्षित अवस्था राखेर पढाउनु पर्ने अवस्था आइरहेको छ। विद्यालय समस्या समाधान गर्न सम्बन्धि निकायले छिटोभन्दा छिटो ध्यानाकर्षण रहोस् भनेका छन।
विद्यालय भवनका लागि स्थानीय, प्रदेश र संघ सरकारबाट नयाँ भवनको संरचना निर्माणको लागि गुहार समेत गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोकायाले बताएका छन।























