देश

एआईजी जोशीलाई आईजीपी कुवरद्वारा दर्ज्यानी चिह्न प्रदान

नवलपुर टुडे
२०८१ साउन २४ | मध्यान्ह ०४:०४ बजे

काठमाडौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका रामदत्त जोशीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी वसन्त कुँवरले जोशीलाई फुली लगाइदिएका हुन् । जोशीलाई बढुवा समितिको सिफारिस अनुसार साउन २२ मा मन्त्रिपरिषद्ले डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

उनलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागका पदस्थापन गरिएको छ । 

कमेन्टहरु