मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
झिनी गुफा पाँच वर्षदेखि ओझेलमा


बाजुरा, श्रावण २३ । बाजुरा जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ नजिकै रहेकोे झिनी गुफा पाँच वर्षदेखि ओझेलमा परेको छ। धिम गाउँको लेख झिनी पर्छ। झिनीमा विशेषगरी बर्खा सिजनमा गोरु, बाख्रा र भैसी राख्ने गर्छन।
उक्त सिजनमा झिनी आसपासका क्षेत्रमा वनमा पाइने गुनी लखेटेर जाने क्रममा सोही गुनी ओढारमा पसेको थियोे। भिरालो पाखो खालको जमिनको ठाउँ रहेकोे थियोे। आफू गुनी ओडारमा गएको देखेर हेर्नको लागी गएको रत्न रावलले बताए। त्यहाँ ओढारमा गुनी भित्र हेर्न जादा गुफा फेला परेको उनको भनाइ छ। ओढारमा गुनि हेर्न जादा जुन ढोका सुरुमै शिवलिङ जस्तो देखियो। त्यस भित्र मोबाइल लाइट उज्यालो गर्दै हेर्दागर्दै पुरै ओढार उज्यालो देखिएको हो। त्यही भित्र अलि माथिल्लोमा गइयो अलि आवाज गुन्जिएको जस्तो भयो। भित्र लाइट उज्यालो गरेर हेर्दा केहि पनि देखिएन। आफूलाई के महसुस भयो भने गुनी जस्तो लागेन फेरि माथिबाट आफुतिर फर्कियो आए जस्तो लाग्यो खासै राम्रोसँग देखिएन। आफूसंग भएका अरु मान्छेलाई बाहिर गएर बोलाए । यता आउनु अचम्मको ओढार भेटियो। गुनी पनि यतै छ भनेर अरुलाई पनि संगै लगियो। पछी आफू सहित १ जना संगै लिएर त्यही गुफामा पुगियो। गुफा भित्र कुना तिर हेर्दा केही भेटिएन।
पहिला सुरुमा गुनी जस्तो त्यसभित्र गयो। पछि त्यही गुफामा गएर हेर्दा खासै केही पनि देखिएनन्। आफू गुफाबाट फर्केर आइसकेपछि गाउँका केटाहरू भिडियो सहित खिचेर गाउँमा ल्याएपछि गाउँमा हल्का प्रचारप्रसार जस्तो भयो। नयाँ गुफा देखियो खास राम्रो होकी नराम्रो हो भनेर पहिला देवतालाई गाउँका सबैलाई राखेर हेर्दा सबै देवताले बाह्र देवको गुफा हो। यो राम्रो हो। गुफालाई देवताले पुजा गर्नु भनेको हो। गुफा धेरै राम्रो हो भन्ने भएपछि जुन देखिएको गुफा माथी डाडामा बाह्र देवको मन्दिर हुँदा त्यसकै गुफा होला भनेका थिए। त्यसपछि त्यहाँ गएर पुजापाट गरियो। आफू वर्षको वर्ष गएपछि त्यहाँ पुगेर धूप लिएर पुजा गर्ने गरेको छु। विशेषगरी जन्मअष्टमी दिनको अवसर पारेर जाने फलफूल लिएर धूप बत्ति बालेर पुजापाट गर्ने गरिन्छ। आजभोलि एकलै जाने आउने गर्दा गुफामा रमाइलो लाग्छ। त्यहाँ भित्र छुट्टै खालको आनन्दको महसुस हुन्छ। गुफा भित्र चतुर्भुजे बर्मा ढुङ्गाले बनेको बनावट छ। अझ भित्र हातिको सुड जस्तो ढुङ्गाले बनेको छ। पाँच भाइ पाण्डप ढुंगाका तस्बिर रहेका छन। झन भित्र गयो ३३ कोटि देवताको मुर्ति तस्बिर भेटिन्छन।
पाँच कुन्ड आफै बनेको ढुंगाको सजावट रूपमा मूर्तिकला सजाय जस्तो देखिन्छ। धेरै किसिमका ढुङ्गा मुर्ति बनावट तस्बिर मुर्तिका फोटो देखिन्छ। कतिपय आफुलाई आफलाइ थाहा नभएको ढुंगाका मुर्ति विभिन्न तस्बिर पनि देखिन्छन्। त्यस भित्र रहेका ठुला ढुङ्गाहरु पनि हातले बजाए भने मादल जस्तो धुन आउन्छ। यस गुफालाई व्यवस्थापन गर्नेका लागि पुर्व वडा अध्यक्ष र गाउँपालिका संग कुरा राख्दा सुनाइ नभएको रन्न रावतले गुनासो समेत बताएका छन। यसलाई व्यवस्थापन गरियो भने झिनी आसपासमा बस्ने मान्छेहरूलाई आय आर्जनको स्रोत लाभ लिन सक्ने सम्भावना रहेकोे छ। झिनी गुफालाई राज्यको संरक्षण पर्खाइमा रहेकोे छ। गुफा राम्रोसँग व्यवस्था गर्ने सकियो भने आन्तरिक पर्यटक भित्र्याउने आशा बोकेको ठाउँ हो।गुफाको रूपमा चिनिन्छ।























