खेलकुद

भारतलाई ११० रनले हराउँदै एकदिवसीय सिरिजमाथि श्रीलङ्काको जित

नवलपुर टुडे
२०८१ साउन २४ | बिहान ०६:०४ बजे

टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको श्रीलङ्काले निर्धारित ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २४८ रन बनायो। २४९ रनको लक्ष्यसहित मैदान उत्रेको भारतीय टीम श्रीलङ्कन बलरसामु निरिह देखिए। भारतीय टीम मात्र २६ दशमलव १ ओभेरमै अलआउट हुँदै १३८ रनमै समेटियो। भारतका कप्तान रोहित शर्माले ३५ रन बनाउँदा वासिङ्गटन सुन्दरले ३० रनको पारी खेले। विराट कोहली २० रनमा आउट हुँदा रियान पराग १५ रनमा पभेलियन फर्के। त्यसबाहेक अन्य कुनैपनि खेलाडी मैदानमा धेरै बेर टिक्न सकेन।

भारतलाई सस्तोमै समेट्न डुनिथ वेल्लालगेले सर्वाधिक ५ विकेट लिँदा जेफरी वान्देरसे र महिश थिकसानाले समान २÷२ विकेट हात पारे। जबकी असिथ फर्नान्डोले १ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ्ग गरेको श्रीलङ्काका अभिस्का फर्नान्डोले सर्वाधिक ९६ रनको पारी खेले भने कुशल मेन्डिसले ५९ रन जोडे। पथुम निसाङ्का ४५ र कामिन्डु मेन्डिसले २३ रन जोेडे।

सिरिजको पहिलो खेल बराबरीमा टुङ्गिएको भएपछि दोस्रो खेलमा श्रीलङ्काले भारतलाई ३२ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा ११० रनले जित हात पारेको छ। टी–२० सिरिज भने भारतले जितेको थियो।

कमेन्टहरु