कपिलवस्तुको महाराजगञ्जमा सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण


मोहम्मद इरफान मन्सुरी
कपिलवस्तु । याेगदान राष्ट्रकाे लागि शाखा कपिलवस्तु र आइ.एन.एफ नेपाल महाराजगन्ज शाखाकाे सहयोगमा इलाका प्रहरी कार्यालय महाराजगन्ज र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश महाराजगन्जलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
अहिले देशभरीमा कोरोना भाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश जिल्ला सम्म मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्।
उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित रहको पाइएको छ ।
दोस्रो चरणको कोरोनाको महामारी विश्व लगायत नेपालमा पनि अति नै डर लाग्दो अवस्थामा पुगी सकेको अहिले विश्वभरि कोरोना भाइरस सङ्क्रमण र त्यसबाट हुने रोग
कोरोना भाइरस के हो,
त्यसबाट कसरी सङ्क्रमण हुन्छ, कसलाई सङ्क्रमणको बढी जोखिम रहेको हुँदा महाराजगन्ज क्षेत्रका सुरक्षाकर्मीहरुले राेकथाम अनि नियन्त्रणमा प्रत्यक्ष भुमिका खेलेकाे हुनले सुरक्षाकर्मीहरुलाई याेगदान राष्ट्रकाे लागि शाखा कपिलवस्तुका अध्यक्ष मोहम्मद इरफान मन्सुरीले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छन् ।
हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायव निरीक्षक हिमनाथ घिमिरे , सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश महाराजगन्ज का वरिष्ठ हवाल्दार महेन्द्र कुमार थारु, याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखाका अध्यक्ष माेहम्मदा इरफान मनसुरी, मिडिया संयाेजक धनी राम काेरी र सदस्य शिवा गुप्ताकाे सहभागीता रहेको थियो ।























