घटना

नवलपुरमा घाँटीमा मासुको हड्डी अड्केर तनहुँ पिपलबारीका रानाको मृत्यु

नवलपुर टुडे
२०८१ साउन २३ | मध्यान्ह ०१:०४ बजे

नवलपुर, साउन २३ । नवलपुरमा घाँटीमा मासुको हड्डी अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीरकोट नगरपालिका- ३ पिपलबारी बस्ने बर्ष ५९ को अम बहादुर राना मगर रहेका छन ।

उनी बुधबार बिहान ८:३० बजेको समयमा नवलपुर जिल्ला गैंडाकोट नगरपालिका- १ गंगानगरस्थित छोरी कमला रानाभाटको घरमा मंगलबार बेलुका पाहुना आएका थिए ।

सो क्रममा आज बिहान ८;३० बजे खाना खाने क्रममा घाँटीमा हड्डी अड्किन गई तत्काल उपचारको लागि सरकारी अस्पताल भरतपुर लगेकोमा उनको उपचारको क्रममा आज बिहान ९:४८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलायका सुचना अधिकारी बेदबहादुर पौडेलले जानकारी दिए ।

घटना बारे प्रहरी टोली खटिगई अन्य थप अनुसन्धान कार्य भईरहेको पौडेलले बताए ।

कमेन्टहरु