घटना

कावासोतीको हसौराबाट मंगलबारदेखि हराएको बच्चा मृत फेला

नवलपुर टुडे
२०८१ साउन २३ | बिहान ०९:०४ बजे
फाइल तस्बिर

नवलपुर, साउन २३ । नवलपुरमा मंगलबार दिउँसो ११ बजेदेखि हराईरहेको बालक मृत्यु फेला परेका छन । कावासोती नगरपालिका- ४ हसौरा बस्ने पूर्व वडा अध्यक्ष रामजी ढुङगानाको ३० महिनाको छोरा सुवास ढुंगाना मृत फेला परेका हुन ।

मंगलबार घर नजिकै साईकलमा खेलिरहेको अवस्थामा हराएको बच्चा साईकल खेलिरहेको स्थानमा नै रहेको थियो । नजिकै खेतमा पानी लगाउने ढाईफिट गहिरो पक्कि कुलो रहेको र सोही कुलोमा परी बगाएको हुन सक्ने भएकोले तत्काल प्रहरी टोली खटिगइ खोजी कार्य गर्दा बुधबार (आज) बिहान ८:३० बजे घटनास्थल भन्दा २ कि.मि.पश्चिम कावासोती नगरपालिका- ४ तिलाहस्थित हसौरा खोला किनारमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिएको छ ।

हाल घटनास्थल मुचुल्काको लागि प्र.नि.गोपाल चालिसेको कमाण्डमा SOCO सहित ७ जनाको टोली खटिगइ थप अनुसन्धान कार्य भइरहेको पौडेलले बताएका छन

कमेन्टहरु