सशस्त्र प्रहरीद्वारा करिब ७ लाख बराबरको अबैध सामान नियन्त्रणमा


नवलपरासी । पश्चिम नवलपरासीबाट भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी/ पैठारी गरी ल्याएको विभिन्न सामान नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका-१० पिपरहियाबाट नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले २००० पिस टेम्पर ग्लास, ९९० पिस मोबाइल कभर र युपि ५६ एफ ४९९७ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको २६ नम्बर गढ नवलपरासीका प्रमुख प्रकाश वाक्लेले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
उक्त अबैध सामान सशस्त्र प्रहरी बल सेमरीको टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको सामानको अन्दाजी मुल्य रु. ५९७०००/- बराबरको रहेको छ ।

त्यस्तै सशस्त्र प्रहरी बलले प्रतापपुर गाउँपालिका- ६ हरपुरबाट विभिन्न किसिमका मोबाइलमा सामान बरामद गरिएको छ । उक्त सामानको अन्दाजी मुल्य रु. ९१५००/- बराबरको रहेको छ । सो सामान सशस्त्र प्रहरी बल गुठी प्रसौनीका प्रहरी टोलीले नियन्त्रणमा लिएको वाक्लेले जानकारी दिएको हो ।

बरामद सामान भोलि बुधबार बिहान भन्सार कार्यालय महेशपुर बुझाउने तयारी गरिरहेको छ ।























