मुख्य समाचार, यातायात, समाचार, सुदुरपश्चिम प्रदेश

सडक अवरुद्ध महिनौं पुग्दासम्म उस्तै

उमेश रोकाया
२०८१ साउन २२ | बिहान ०७:०४ बजे

बाजुरा, श्रावण २२ । पहिरोका कारणले अवरुद्ध भएको ग्रामीण सडक एक महिना पुग्दासम्म बन्द भएको छ। भारी वर्षाले ग्रामीण सडकमा पहिरो बन्द हुँदा स्थानीय आवतजावतमा सास्ती भोग्नुपरेको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ भित्र रहेको छातेकाध देखि खानीखोला सम्म सडक ठाउँ ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध भएको छ। असार महिनाको २०/२२ गतेको निरन्तर भारी वर्षाले गर्दा सडक अवरुद्ध भएको हो। सडक बिचमा माथिबाट पहिरो तथा रुखहरु रोडमा आएको कारणले पाँडी गाउँका अधिकास मान्छेहरू पैदल भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेकोे स्थानीय रत्न थापाले बताए।

पाँडी गाउँमा जाने सडक एक महिना अगाडि आएको अविरल वर्षाले अवरुद्ध हुँदा गाडी चल्न थप्प अवस्था परेका छन। वर्षाले गर्दा सडकको ठाउँ ठाउँको भागमा पहिरो आएर सडक भत्किएपछि गाउँका स्थानीय हिड्न मात्र नभएर विभिन्न कामकाज बाधा रहेकोे छन। सडक पहिरोले बन्द भएपछि गाउँमा स्थानीय खाद्य तथा अन्य सामाग्री पिठ्युँमा बोकेर ल्याउनुपर्ने बाध्यता रहेकोे स्थानीय गोरख बहादुर रोकायाले बताए। ग्रामीण सडक अविरल वर्षाका कारणले पहिरोले गर्दा अवरुद्ध भएकाले मान्छेलाई समेत हिड्न अप्ठ्यारो हुन आएको छ। गाउँका मान्छेहरू सडक आवतजावत गर्दा माथिबाट माटो ढुङ्गा र पहिरो आउने सम्भावना अझैसम्म पनि उस्तै रहेकोे छ। सडक अवरुद्ध हुँदा गाउँमा यातायातका साधन लिन पनि गाह्रो अवस्था भएको जस बहादुर रोकायाले बताए।

सडक अवरुद्घ भएकाले अधिकास मान्छे यातायात साधान रोकिएको हुँदा गाउँबाट बाहिर जान अवस्था निकै दयनीय रहेकोे छ। अवरुद्ध सडक पुनः सञ्चालन गर्नका लागि तत्काल समाधान गर्न सम्बन्धि निकायले ध्यानाकर्षण स्थानीयले गराएका छन। आजभोलि गाउँमा सडक अवरुद्ध हुँदा स्थानीय आवतजावतमा सास्ती भोग्नुपरेको छ।

कमेन्टहरु