धनुषामा मसला कुट्ने खलले प्रहार गरी बुवाको हत्या, छोरा पक्राउ

जगत ठाडा मगर
२०७८ असार ११ | मध्यान्ह ०१:०३ बजे

असिम कामु मगर
जनकपुरधाम । धनुषामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरका अनुसार मसला कुट्ने खलले प्रहार गरी बुवाको हत्या गरेका हुन् ।
जिल्लाको धनुषाधाम नगरपालिका-१ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्या गरेका हुन् । उनका अनुसार श्रीकिसुनले पछिल्लो समय बुवासँग अंश सम्बन्धी विवाद गर्दै आएका थिए ।
मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।























