कांग्रेसले लुम्बिनी प्रदेशमा सम्पन्न गर्यो सहकारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम


दाङ, साउन २१ । नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभागको निर्णय एव निर्देशन अनुरुप देशका ७ वटै प्रदेशमा सुरु गरिएको प्रदेश स्तरीय सहकारी सम्बन्धी बर्तमान अवस्था, समस्या चुनौती र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम सोमबार लुम्बिनी प्रदेशको राजधानी दाङको लमहीमा सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सहकारी बिभागको आयोजनामा भएको कार्यक्रममा सभापति नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहकारी बिभाग संयोजक लिला पौडेलले गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सहकारी बिभाग प्रमुख तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल र अतिथी नेपाली कांग्रेस केन्द्रिय बिभाग उपप्रमुख भानुभक्त ढकाल र नेफ्स्कुन अध्यक्ष चन्द्र ढकाल रहनुभएको थियो ।
त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका नेपाली कांग्रेसका जिल्ला सभापतिहरु, विभिन्न सहकारी अभियन्ता, सहकारी अध्यक्ष पदाधिकारी एव सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रदेश स्तरीय सहकारी सम्बन्धी बर्तमान अवस्था, समस्या चुनौती र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम गण्डकी प्रदेशबाट शुरु गरेका थिए । अब मधेश प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशमा कार्यक्रम गर्ने भएको छ ।























