कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

स्याउ उत्पादन घट्दा किसान चिन्तामा

उमेश रोकाया
२०८१ साउन २१ | मध्यान्ह ०६:०४ बजे

बाजुरा, श्रावण २१ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ को झिनीमा स्याउ उत्पादन घटिरहेको छ।

झिनी स्याउ खेतीमा धिम गाउँका ७२ परिवारको स्याउ बगैंचा बनाएका छ। एक जना घरका ७० बोट देखि १ सय बोट लगाएका छन। स्याउ पहिलो वर्ष भन्दा यश वर्ष उत्पादन कमि भएको देखिन्छ। समय वर्ष नआउँदा खडेरीका कारणले रुखमा स्याउ फल्न यो साल कम लागेको कृषक निराश भएका कृषक मोहन रावतले बताए। वर्षौं उत्पादन स्याउ रुखमा वृद्धि अवस्था हुँदा आर्थिक उन्नति राम्रो कमाइ हुने गरेको थियो। अहिले स्याउ फल्न घटेपछि झिनी स्याउ खेती गर्ने परिवार धेरै असन्तुष्ट समेत भएको कृषक बताए।

पहिलो सालमा स्याउ उत्पादन सबैभन्दा धेरै हुँदा आफू खाएर बेचेर पैसा कमाउने माध्यम भएको थियो। आजभोलि बारी स्याउ फल्ने सिजन उत्पादन घट्दो अवस्था आउँदा समस्या भएको छ। बारीमा स्याउ यसपटक थोरै भएको छ। भएको स्याउ पनि चराचुरुङ्गी तथा बादरको आहार बनेको छ। यसलाई नियन्त्रण गर्न नसक्दा रुखमै स्याउ खाली हुन लागेको छन। पहिला स्याउ उत्पादन धेरै थियो बजार अभाव थियोे भने यसपटक स्याउ बजार प्रशस्त मात्र हुँदा उत्पादन न्यून रहेकोे छ। स्याउ बगैंचा भएको फलफूल बादरको आहार भन्दा किसान दुखी भएको स्थानीय कलक रावतले बताएका छन।

स्याउ फल्ने सिजनमा बिक्रीवितरण गरेर आफू खाइ आफन्त समेत दिन पुग्थ्यो। यतिखेर स्याउ बगैंचा पानीको अभावले फलाउन गाह्रो अवस्था भएको छ। सबै बोट पानी समयमै हाल्न सके भने उत्पादन राम्रो हुने देखिन्छ। अहिले कतिपय खेती कृषि क्षेत्र कामहरू आकाशे पानी भरमा खेती गरिरहेका कारणले झिनीमा स्याउ उत्पादन घटिरहेको छ।

कमेन्टहरु