देश

चीनले उपलब्ध दिएको कोरोनाविरुद्धको भेरासेल खोपको दोस्रो डोज असार २२ देखि लगाइने

जगत ठाडा मगर
२०७८ असार ११ | मध्यान्ह ०१:०३ बजे

काठमाडौ । चीनले उपलब्ध गराएको कोरोनाविरुद्धको भेरासेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको छ । भेरासेल खोपको पहिलो डोज लगाएकालाई असार २२ देखि दोस्रो डोज लगाइने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।

जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई भेरासेल खोपको पहिलो मात्रा लगाइएको थियो । पहिलो डोज खोप लगाएका ३ लाख ७० हजारलाई दोस्रो मात्रा लगाउन लागिएको हो ।

त्यस्तै अघिल्लो खोप अभियानमा भेरासेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा (बुस्टर डोज) लगाउन छुटेकालाई पनि खोप लगाइने छ ।

भेरासेलको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेका जुनसुकै उमेर समूहकालाई पनि दोस्रो डोज लगाइने विभागले जानकारी दिएको छ । दोस्रो डोज खोप लगाउनका लागि पहिलो डोज खोप लगाएको खोप कार्ड अनिवार्य रुपमा देखाउनु पर्ने छ ।

कमेन्टहरु