देश

गुण्डा परिचालन गरेर लहान नगरपालिकामा आठौं नगर सभा सम्पन्न, पत्रकार सिंहमाथि अभद्र व्यवहार

जगत ठाडा मगर
२०७८ असार १० | मध्यान्ह ०९:०३ बजे

विसुन देव सरदार
सिराहा । आज सिरहाको लहान नगरपालिकाको कार्यालयले नगर सभाको हलमा आठौं नगर सभा सम्पन्न भए सँगै पत्रकार प्रदिप सिंहलाई नगरपालिकाले अभद्र व्यवहार गरेको छ।

रिपोर्टिङमा हिडेका गोरखा टीभीका पत्रकार सिंह माथि हातपातको प्रयास भएको खवर छ। सभा हलको चौतर्फी सुरक्षाको घेराबन्दी भित्र नगर सभा पास गरिएको हो ।

विना सुचना जानकारी नगर सभा कतिको उचित छ?
अधिवेशन हलमा पत्रकार जस्तोलाई प्रवेश गर्न नदिनु ? कतिको उचित छ। नगरपालिका प्रमुख मुनी साह आफ्ना मान्छे बाहेक कसैलाई प्रवेश गर्न दिएन्न ।

प्रमुख साहले गुण्डाको बलमा नगर सभा गरिएको छ।
अधिवेशन पास भए लगत्तै नगरपालिकाका सबै नगर प्रहरी, कर्मचारी, गुण्डा, मेयर समेतले अरु दलका नेता कार्यकर्तालाई लखेटिएका थिए। नगर सभा पुर्व बाँसको फाँटा, बेल्चा, लठ्ठी तयार पारेर सभा सञ्चालन गरेका थिए।

नगर सभा गोप्य रुपले गर्नु कहाँको नियम हो ” सम्बन्धि निकायले यसमा चासो लिनुको विषय हो ।
नगर सभामा इलाका प्रहरी कार्यालय लहानबाट नेपाल प्रहरी, र नगर प्रहरी खटाउनु कतिको उचित ।

अधिवेशन पास भए लगत्तै दुवै पक्ष बिच गाली गलौज हुदाँ बाहिरबाट आएका नेता कार्यकर्ता भागाभाग भएका थिए। उनीहरु भागे लगत्तै पत्रकार प्रदिपलाई , हिर्काउन गए लगत्तै मोबाइल झिक्नु , मोबाइलबाट सबै फोटो डिलीट गर्नु भनेका थिए।

नगर प्रहरी, कर्मचारी र गुण्डाले पत्रकार सिंहलाई चारैतिरको घेराबाट अभिमन्यु नाम दिइएका थिए।
घेराबाट हात झिकेर आफ्ना ज्यान बचाएका छन ।
पत्रकार सिंह माथि भएको दुर्ववहार प्रति नेपाल पत्रकार महासंघ सिराहा र(आँफु) घोर भर्त्सना गर्दछु । यी गुण्डाहरुलाई तह लाउनु साथै कार्वाही गर्नु आवश्यक देखिन्छ ।

यस घटनाको सम्पुर्ण जिम्मेवारी लहान नगरपालिकालाई स्वीकार गर्नु आवश्यक देखिन्छ ।
” हाम्रो लहान समृद्ध लहान ” कृषि, पर्यटन, पुर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र रोजगार ” नारा बोकेर हिनेका मेयर मुनी साहलाई कम्युनिस्टवादको संज्ञा दिइएका छन् । साहलाई कुर्सी छोड्न चौतर्फी विरोध भइरहेका छन ।

कमेन्टहरु