दुर्घटना

गएराति सुनवलमा भएको स्कुटर दुर्घटनामा घाईते चालकको उपचारको क्रममा मृत्यु

नवलपुर टुडे
२०८१ साउन १७ | मध्यान्ह ०५:०४ बजे

नवलपरासी, साउन १७ । गएराति नवलपरासीको सुनवलमा भएको स्कुटर दुर्घटनामा घाईते भएका स्कुटर चलाकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवल नगरपालिका- १ शान्ति टोलबस्ने बर्ष ४५ को अम्बिका श्रेष्ठ रहेका छिन ।

सुनवल नगरपालिका- ४ किर्तिपुरस्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको लु ८१ प १४०८ नं को स्कुटर आफै अनियन्त्रित भई सडकमा रहेको सिमेन्टको डिभाइडरमा ठोकिदा स्कुटर चालक घाईते भएका तिए । घाईते चालकको शरिरको विभिन्न भागमा चोट लागिका थिए ।

उनलाई स्थानीय देवदह क्लिनिक सुनवलमा सामान्य उपचार पश्चात थप उपचारको लागि देवदह मेडिकल कलेज भलुही रुपन्देही लगेकोमा उपचारको क्रममा बिहिवार (आज) दिउँसो ०३:०० बजे मृत्युभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताए ।

मृतकको शव पोष्टमार्टम पश्चात आफन्तले बुझिलगेको बोहराले जानकारी दिए ।

कमेन्टहरु