रुपन्देहीबाट साँढे ३ लाख बराबरको अबैध सामान बरामद

नवलपुर टुडे
२०८१ साउन १७ | मध्यान्ह ०३:०४ बजे

रुपन्देही । भारतबाट भन्सार छली चोरी निकासी/ पैठारी गरी ल्याएको विभिन्न अबैध सामान प्रहरीले नियन्त्रणमा लिईएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले बुधबार र बिहीवार जिल्लाको विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा चिनी १९ बोरा (९५० के.जी.), पावर हेड मोबाईल ग्लास ८६० वटा, टप्स ७० वटा, सुट ४० वटा, साडी ३० वटा, बच्चाको कपडा ३० वटा, साडी ८ वटा, टायल ४ पेटी र डटपेन १५० प्याकेट फेला पारी नियन्त्रणमा लिएको हो ।

उक्त नियन्त्रणमा लिएको अबैध सामान अन्दाजी मुल्य रु.३,४८,८००।- बरावरको रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक लक्ष्मी खनालले जानकारी दिएको छ ।
नियन्त्रणमा लिएको सामान आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा
बुझाइएको खनालले बताए ।























