देश

पाल्पाको झुम्सामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु, एक जना घाइते

जगत ठाडा मगर
२०७८ असार १० | मध्यान्ह ०८:०३ बजे

असिम कामु मगर
पाल्पा । पाल्पामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने सो दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

तिनाउ गाउँपालिका–३ झुम्सास्थित पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिँदा बर्दियाको बासगढी नगरपालिका ६ निवासी ३६ वर्षीय जग्गु डाँगीको मृत्यु भएको हो ।

मोटरसाइकल पछाडि बस्ने सोही स्थानका ३० वर्षीय दिपेन्द्र चौधरी घाइते भएका हुन् । दुबै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा दिउँसो ३ बजेर ३७ मिनेट जाँदा डाँगीको मृत्यु भएको पाल्पाका सूचना अधिकृत प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

घाइते चौधरीको भने अवस्था सामान्य रहेको बताइएको छ । उनीहरु दुवैजना बर्दियाबाट झुम्सा चौकी भञ्ज्याङमा सडक निर्माणको कामका लागि पाल्पा आएको जनाइएको छ ।

कमेन्टहरु