समाचार

पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा २ रुपैयाँ घट्याे

नवलपुर टुडे
२०८१ साउन १७ | बिहान ०६:०४ बजे

निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर मूल्यमा २ रुपैयाँ घटाइएको छ। 

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ०.९८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले घटेर आएको निगमले जनाएको छ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेलको मूल्य १५५.५० रुपैयाँ कायम भएको छ।

यस्तै गरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ र डिजेलको मूल्य १५७ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

1722441752 45325824517445230330264006601167548240673830n 3172024055339

 

 
 

कमेन्टहरु