बुलिङटार गाउॅपालिकाको आर्थिक वर्ष २०७८/७९ को लागी ४० करोड ८५ लाख ६६ हजार बराबरको बजेट सार्वजनिक


नवलपुर । पुर्वी नवलपरासीको पहाडी भेग बुलिङटार गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुलिङटार गाउॅपालिकाको आर्थिक वर्ष २०७८/७९ का लागी अनुमानित आय ४० करोड ८५ लाख ६६ हजार रुपैयॅा बराबरको बजेट सार्वजनिक गरेको छ । बिहिबार नवौं गाउॅसभा मार्फत बुलिङटार गाउॅपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले संघिय सरकार, प्रदेशबाट अनुदान तथा सहयोग र गाउॅपालिकाको अनुमानित आन्तरिक आम्दानी सहित कुल ४० करोड ८५ लाख ६६ हजार रुपैयॅा बराबरको बजेट सार्वजनिक गरेका हुन ।
जसमध्ये आयतर्फ संघीय सरकार समानीकरण ८ करोड ८६ लाख, संघीय सरकार राजस्व बॅाडफाड ६ करोड ९७ लाख २९ हजार, संघीय सरकार विशेष अनुदान २ करोड ८ लाख, संघीय सरकार सशर्त चालु अनुदान १७ करोड ९७ लाख र संघीय सरकार सशर्त पूजीगत अनुदान २ करोड ३७ लाख आम्दानी हुने अपेक्ष गरिएको छ ।त्यसैगरी गण्डकी प्रदेश सरकारबाट प्रदेश सरकार समानिकरण अनुदान ९७ लाख, प्रदेश सरकार राजस्व बॅाडफाड ४३ लाख ३७ हजार, प्रदेश सरकार समपुरत अनुदान १ करोड रुपैयॅा आम्दामी हुने अनुमान गरिएको छ ।
अनुमानित आन्तरिम आम्दानी २० लाख रुपैयॅा आम्दानी हुने अनुमान गरिएको छ । कोभिड-१९ लगायत संक्रमण रोगहरुको नियन्त्रणको लागी प्रयत्न गरी कोभीड बिरामीलाई सुविधा सम्पन्न कोभिड अस्पतालसम्म पुर्याइने व्यवस्था गरिएको जनाइएको छ ।
आर्थिक वर्ष २०७७/०७८ देखि ऐलानी जग्गामा हक भोग गरी बनाइएका घर टहराहरुमा वहाल विटौरी कर लगाइने भएको छ । व्यक्तिले भोग चलन गरेको ऐलानी जग्गाको नाप नक्सा गरी लगत संकलन गर्ने कार्यलाई निरन्तरता दिने अध्यक्षा बस्ताकोटीले जनाइएको छ ।























