राजनीति

जनमत पार्टीका सुस्ता र प्रतापपुर पालिका स्तरीय अधिवेशन सम्पन्न

खुरसेद हजाम
२०८१ साउन १६ | मध्यान्ह ०९:०४ बजे
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 45;

प्रतापपुर, साउन १६ । जनमत पार्टीको प्रतापपुर र सुस्ता पालिका स्तरीय अधिवेशन बुधबार सम्पन्न भएको छ । अधिवेशनमा प्रतापपुरमा अध्यक्ष जगदीश राजभरको नेतृत्वम १३ सदस्यीय र सुस्तामाका अध्यक्ष सम्साद अन्सारीको नेतृत्वमा २१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भयो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई सय जना जनमत पार्टीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा संजय प्रसाद यादव, आकास कमकर, गिरिजा राजभर, ईन्द्रर बहादुर चौधरी प्रसाद, राजाराम, जनार्दन,र दुर्गावती प्रवेश गरेका छन । साथै पाकिका स्तरीय कमेटी र नवप्रवेशीहरुलाई प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य बाल गोविन्द चौधरीले सदस्यता प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै जनमत पार्टीले नै मधेशी जनताको अधिकार सुनिश्चित गर्ने दावी गरे।

कार्यक्रममा पार्टीका नवलपरासी  जिल्ला इन्चार्ज कृष्ण कानत चौधरी नेताहरु असरफ, सम्साद अन्सारी, शम्भु यादव, कैलास कोहार लगायतको उपास्थिति थियो ।जगदीश राजभरले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG 20240731 155420 1 scaled

  • Messenger creation 0ca8c6c7 5603 4103 a9a2 9e82970fdfd6 1 Messenger creation 1e52b90b 1dd9 4279 93a8 214b2944ac56

कमेन्टहरु