देश

समस्या कोटा र सम्पतिमा हैन, असमानतामा छ – सञ्जय कालिकाेटे

जगत ठाडा मगर
२०७८ असार १० | मध्यान्ह ०६:०३ बजे

सञ्जय कालिकाेटे
काठमाडौ । मैले जातीय विभेदको पिडा केही महिना आगाडी भोगिसकेको छु । म रुम सर्ने क्रममा ललितपुरको एउटा घरमा पुगे सुरुमा रुमको कुरा गरे अनि घर बेटिले हुन्छ भन्नू भयो केही छिनमा मैले रुममा सामान पनि सारे म केहि कामको सिलसिलामा बाहिर बजार गए ।

यतिकैमा घर बेटि आमाले मेरो श्रीमतीलाई जात थर सोधपुछ गर्नु भएछ मेरो श्रीमती राई भएकोले खास जातको विषयमा सुरुमा केही कुरा भएन ।

पछि मेरो श्रीमतीले म राई हो तर मेरो श्रीमान बिस्वकर्मा हो भने पछी “उहाँ हरुले हाम्रो घरमा पुजा गर्नु पर्छ पाहुना पनि आउछन सानो जातिलाई त लु हुन्न बहिनी” भनेर सामान सबै रोडमा निकाली दिनु भएछ। समय लगभग रातीको सात बजेको थियो मलाई फोन आयो के भयो भनी सोधे तर मेरो परिवारले बाटोमा मलाई पिर पर्छ भनेर घरमा आएपछि मात्र भने केहि छिनमा म घरमा आउदा रुममा मिलाएर राखेको सामान बाहिर देखेर अचम्म परे ।

बास्तबिकता सबै थाहा पाए मलाई अहिले पनि नमिठो लाग्छ,मैले पनि ठिक यसै गरेर भिडियो गरेँ । मैले कि सानो जातलाई हामी कोठा दिन सक्दैनौ, हामिलाई फाबदैन भेनेको भिडियो अहिले पनि म सङ छ। मैले मिडिया बोलाए म चिच्याए कराए अनि केहि बेरमा पुलिस बोलाए,जावलाखेलबाट प्रहरी एक महिला सहितको टोलि आए तर घरबेटि मिडिया र प्रहरी एउटै थरका थिए। उनिहरुले तेहि मिलाउने कोशिस गरे तर म मानेको थिएन।

केहि बेरमा घरको ती मान्छेलाई मिडिया र प्रहरीले अपराध गरेको ठहरियो। भोलिपल्ट चौकी आउनु मिल्न अथवा मुद्दा दर्ता गर्न भनी प्रहरीहरु फर्किए। यतिकैमा सबै छिमेकीहरु जम्मा भए सबैले मलाई सम्झाउन लागे, एक चोटिलाई माफ गर्दिन अनुरोध गर्दै थिए। कोही हाम्रो घरमा सामान राख्न अनुरोध गर्दै थिए। घरबेटिले मलाई धेरै अनुरोध गरे “एक सालको भाडा लिन्न सामान भित्र राख्नुस गल्ती भयो म पोइसा समेत दिन्छु” भनी स-साना नानिहरु घरबेटि आमा रुन कराउन लागे । मेरा केहि आफन्त पनि अब हाम्रो रुममा सामान राखौं । भयो अब छोडिदिउ भनेर अनुरोध गर्न लागे ।

“यतिकैमा 80″बर्ष पुग्नुभएको घरबेटी आमा आएर बाबू माफ गर्दिनु म सङ औषधि खान राखेको केहि पैसा छ त्यो पनि दिन्छु तर मुद्दा नगरिदिनु” अनुरोध गर्न लाग्नु भयो । मैले धेरै सोचे,बिचार गरेँ मैले नजिकैको एउटा तामाङ थरको आमालाई चिनेको थिए। आमालाई नि त्यो कुराले नरमाइलो लागेको रहेछ,”उहाँले मेरोमा सामान राख्नु र केहिदिन बस्न मेरो घरमा आउनु” भन्नू भयो। म आज त्यो दिनलाई जब सम्झन्छु,सानो जातको हैन तर मान्छे भएर जन्मेकोमा हिन्ताबोध लाग्यो। मलाई यति नरमाइलो लाग्यो कि त्यो क्षणलाई व्यक्त गर्ने म सङ शब्द छैन ।

रातभर घर वाला दाइको फोन आयो पटक-पटक “सरिभाइ गल्ती भयो प्लिज मिलौ भन्नू हुन्थ्यो,यो कुरा न मिडियामा आयो न प्रहरीमा दर्ता भयो । मलाई घरबेटिले पशु सरह ब्याबाहर गरेर अपमान गरेर मेरो राखिएको सामनलाई बाटोमा निकालेर मेरो परिवारलाई बिचल्ली बनाएको पीडालाई पनि एउटा मानबताको भावना अनुरूप र म भित्र कुनै विभेदको भावना नभएकोले र घर बेटिको आशुले बिर्साइदियो ।

मैले माफ गरिदिने निर्णय गरेँ र मैले माफी गरिदिए,यो मुद्दाले सबै दलित जतिको प्रतिनिधित्व हुन्थ्यो भन्ने राम्रोसँग थाहा हुदाहुदै पनि बुढी आमाको अनुरोधमा मैले यो घटनालाई एउटा नराम्रो सपनाको रुपमा छोड्ने निर्णय गरेँ, यो बीचमा मलाई मेरा अफिसका अनि चिनेजानेका केही मित्रहरुको यो मुद्दा छोडेकोमा असन्तुष्ट पुर्बक धेरैमा म्यासेजहरु आए तर सबै म जस्तो नहुन सक्छ अनि आफ्नो हकअधिकार र आफू पीडामा परेको कुरालाई सामाजिक संजालबाट ब्यक्त गर्नु भाइरल हुन पक्कै हैन।

मानिसले पशु सरह जिबन यापन गर्दा विभेद सहदाको पिडा एउटा भोग्नेलाई मात्र थाहा छ जात ढाट्दा नि किन ढाटिश सिधा भन्ने,बताउदा रुम त के नजिक आउन सम्म डराउने,अनि खै परिवर्तन?खै लोकतन्त्र?? गणतन्त्र खै???धर्मनिरपेक्ष खै???? समान्ता रुजातीय विभेद भयो भनेर सम्बन्धित न्यायालयमा जादा अनि आफुलाई भएको विभेद सामाजिक सन्जालमा ब्यक्त गर्दा उल्टै अनेक लाल्छ्ना सहनु पर्ने यो कस्तो देश? यो कस्तो कानुन ??
मेरो यहि प्रश्न छ अब हामी के गरौ कहाँ जाउ हामीले न्याय कहाँ र कसरी पाउने???

कमेन्टहरु