दुर्घटना

नारायणगढ दुर्घटनामा नेपाली सेनाका एक जना सिपाहीको मृत्यु

नवलपुर टुडे
२०८१ साउन १६ | बिहान ०९:०४ बजे

चितवन । नारायणगढ बसपार्कनजिक आँपटारी समीचोकमा मंगलबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका नेपाली सेनाका एक जना सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा अर्का एकजना व्यक्ति गम्भीर घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार नम्बर २ विपद् व्यवस्थापन गण चितवन रसौली ब्यारेकका सिपाही तनहुँ भानु नगरपालिका-१२ का २७ वर्षीय निगम नेपाली सार्कीको मृत्यु भएको हो । उनी चढेको ग २० प ८३१८ नम्बरको मोटरसाइकल बा प्र ०१-०२८ च ३२८९ नम्बरको कारसँग ठोक्किएको थियो ।

मोटरसाइकलको लेगगार्ड कारमा लाागेपछि अनियन्त्रित भएर सडकछेउको पर्खालमा ठोक्किएको डीएसपी रिजालले बताए । मंगलबार साँझ साढे सात बजेतिर उक्त दुर्घटना भएको थियो । गम्भीर घाइते भएका निगमको उपचारका क्रममा मंगलबार बेलुका आठ बजे चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको डीएसपी रिजालले बताए ।

दुर्घटनामा तनहुँकै बन्दिपुर गाउँपलिका-३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन् । थापाको पनि चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा नै उपचार भइरहेको डिएसपी रिजालले बताए । कारका चालक धादिङ धुनिबेसी नगरपालिका-७ का ४२ वर्षीय राजु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु