नवलपुर टुडे - सबैभन्दा भरपर्दो
nepali khaja ghar02

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगाडि लिने तयारी गर्दै

nawalpur today official banner

काठमाडौँ । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भए पछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो ।

बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र परीक्षा दशैँ अघि नै हुने जानकारी दिनुभयो । विद्यार्थीलाई २१ दिन अघि नै पूर्वसूचना दिएर दशैँ अघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् ।

पुरानै मोडलमा असम्भव

बोर्डलाई स्थगित परीक्षाको निकास कसरी निकाल्न सकिन्छ भन्ने हिसाबमा विभिन्न सुझाव दिइएको छ । पुरानै मोडलमा देशभर एकै पटक विद्यार्थी कक्षाकोठामा बसेर परीक्षा लिन सक्ने अवस्था नरहेकाले परीक्षाको विभिन्न विकल्पका बारेमा छलफल भइरहे पनि कुन मोडेलबाट परीक्षा लिने भन्ने कुराको भने निर्णय हुन सकेको छैन । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

fin@l

प्रत्रिकृया दिनुहोस ।

website on laravel
Bhavegorkha

कोरोना बिशेष

देश / प्रदेश

Translate »