मधेश प्रदेश, समाज

रौतहटमा सार्वजनिक स्थल एवम सरकारी कार्यालय भित्र धूम्रपान निषेश, नियम अवज्ञा गर्ने कारबाहीमा

नवलपुर टुडे
२०८१ साउन १५ | बिहान ०८:०४ बजे

रौतहट, साउन १५ । जिल्ला प्रहरी कार्यालय रौतहट गौरले सार्वजनिक स्थल तथा सरकारी कार्यालय भित्र सुर्तिजन्य पदार्थ सेवन कडाईका साथ निषेध गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले गुट्का, पान, खैनी, चुरोट लगायतका सुर्तिजन्य पदार्थ सेवन गरेको पाइएमा सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ बमोजिम जरिवाना एवं कारवाही हुने भनि कार्यालय परिसर भित्र, बाहिर सार्वजनिक रुपमा सूचना टाँस गरी सर्वसाधारणमा अवगत गराइएको छ ।

सोमबार कार्यालयले जारी गरेको सूचना अवज्ञा गर्ने सेवाग्राहीहरुबाट पानपरागको प्याकेट, खैनीको बट्टा, चुरोटको डिब्बा, लाईटर जस्ता निषेधित वस्तु जफत गरी प्रति व्यक्ति रु.१०० जरिवाना गरी कारबाही गरिएको सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी गराईन । 

photo 2024 07 30 08 35 05
सेवाग्राहीबाट जफत गरिएको पानपरागको प्याकेट, खैनीको बट्टा, चुरोटको डिब्बा र लाईटर ।

सार्वजनिक स्थल तथा सरकारी कार्यालय परिसरभित्र सुर्तिजन्य पदार्थ सेवन गर्ने, जथाभावि थुक्ने, खैनी, गुट्का, पानपरागका प्याकेट यत्रतत्र फ्याक्ने लगायतका कार्य गरेमा कानून बमोजिम कारवाही तथा जरिवाना हुने सर्वसाधारणमा पुन: जानकारी गराईएको गिरीले बताईन ।

कमेन्टहरु