रौतहटमा सवारी चालक अनुमती पत्र विना चलाउने तीन पाङग्रे अटो रिक्सा र सवारी चालक कारबाहीमा


रौतहट, साउन १५ । जिल्ला प्रहरी कार्यालय रौतहटले सवारी चालक अनुमती पत्र बिना तीन पाङ्ग्रे अटो रिक्सा चलाउने चालक र सवारी साधनलाई कारबाही गरेका छन ।
जिल्लाको गौर नगरपालिका आसपासका क्षेत्र लगायत रौतहट जिल्ला भित्र सवारी चालक अनुमती पत्र विना तीन पाङ्ग्रे अटो रिक्साहरु चलाईरहेको भन्ने गुनासो आईरहेको बेला जिल्ला प्रहरीको मातहतका प्रहरीले चेकजाँच गर्दा सवारी चालक अनुमती पत्र विना सवारी चलाएको फेला परेकाले रिक्सा र सवारी चालकहरुलाई कानुन वमोजिम जरिवाना लगायतका कारवाही गरी सवारी चालक अनुमती पत्र प्राप्त गरी मात्र सवारी चलाउने सर्तमा सवारी जिम्मा लगाई छोडेको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताईन ।
अगामी दिनमा जुनसुकै सवारी साधन सवारी चालकले अनुमती पत्र प्राप्त गरी मात्र सवारी चलाउन हुनसमेत अनुरोध गरेका छ्न । अनुमती पत्र विना सवारी चलाईएको पाईएमा सवारी तथा यातायात व्यावस्थापन ऐन २०४९ अनुसार हदैसम्मको कारवाही हुने गिरीले जानकारी दिइन ।























