मौसम

आज सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना

नवलपुर टुडे
२०८१ साउन १५ | बिहान ०६:०४ बजे

काठमाडौं । देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । 

 

 

कमेन्टहरु