मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
बाजुरामा पानीपुरी र चटपटे खाँदा एकैपटक १२ जना बिरामी

उमेश रोकाया
२०८१ साउन १४ | मध्यान्ह १०:०४ बजे

बाजुरा, साउन १४ । बाजुरा सदरमुकाम मार्तडीमा पानीपुरी र चटपटे खाँदा एकैपटक १२ जना बिरामी परेका छन् । सदरमुकाम मार्तडी स्थित बडमिालिका नगरपालिका वडा नं ८ नापी कार्यालय नजिकै मिना खातुनले संचालन गरेको पानीपुरी र चटपटे पसलमा पानीपुरी र चटपटे खाएपछि एकै पटक १२ जना बिरामी भएर जिल्ला अस्पताल बाजुराको आकस्मिक कक्षमा भर्ना भएका छन् ।
बिरामी सबैजनामा वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने, पेट दुख्ने लक्षण देखा परेको चिकित्सकले बताएका छन् । आइतबार पनि केही बिरामी यस्तै लक्षण भएको आएको र सोही पनि सोही लक्षण भएका बिरामी आएपछि कसैले पानीपुरी खाएको, कसैले सोही पसलमा चटपटे खाएपछि यस्तो लक्षण देखा परेको सुचना अधिकारी नृपराज गिरीले बताए ।


















