घटना, लुम्बिनी प्रदेश

नवलपरासीमा धारिलो हतियार प्रहारबाट युवकको हत्या

उमेश रोकाया
२०८१ साउन १४ | बिहान ११:०४ बजे

प्रतापपुर, साउन १४ । पश्चिम नवलपरासीमा अज्ञात समुहले एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन । प्रहरीका अनुसार प्रतापपुर गाउँपालिका- ५ हर्दी बस्ने उमेश बढईको छोरा बर्ष २० को रोशन कुमार बढई भन्ने सुर्य कुमार बढईको अज्ञात समुहले गएराति धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन ।

उनी अबिबाहित हुन । उनी घरमा सुतिरहेको अबस्थामा धारिलो हतियार प्रहारबाट घाँटी काटी हत्या गरेको बिहान ५ बजे प्रहरीलाई प्राप्त सुचना हुन साथ जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालको कमाण्डमा प्रहरी टोली खटिगई प्रारम्भिक अनुसन्धान पश्चात बढईको शव पृथ्वी चन्द्र जिल्ला सरकारी अस्पताल परासी पठाई थप अनुसन्धान कार्य भईरहेको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकरी दिए ।

पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर क्षेत्रमा अज्ञात समुहले अघिल्लो बर्षमा पनि एक दम्पती र हजुर बुवा नातीको धारिलो हतियारको प्रहारबाट हत्या गरेका थिए ।

कमेन्टहरु