कर्तब्य ज्यान मुद्धाका फरार प्रतिबादीसहित ३ जना प्रतिबादी पक्राउ


भैरहवा, साउन १३ । रुपन्देही प्रहरीले सम्मानित रुपन्देही जिल्ला अदालतबाट फैसला भई कैद सजाय तथा जरिवाना भुक्तानी गर्नको लागि कर्तब्य ज्यान मुद्धाका फरार प्रतिबादीसहित तीन जना फरार प्रतिबादीहरुलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नं. १० बस्ने श्रवण कुमार नाउँ (चोरी मुद्धा), कञ्चन गाउँपालिका वडा नं. २ बस्ने गणेश सुनार ( कर्तब्य ज्यान मुद्धा) र गैडहवा गाउँपालिका वडा नं. ०३ बस्ने दुर्गा बनिया (बैकिङ कसुर मुद्धा) का रहेका छन ।
रुपन्देही जिल्ला अदालतबाट बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना फैसला भई पश्चात् फरार प्रतिबादीहरुलाई पक्राउ गरी सम्मानित जिल्ला अदालतको फैसला बमोजिम कैद सजाय र जरिवानाका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्ने मध्ये नाउँलाई चोरी मुद्धामा ३ महिना कैद सजाय र रु.१०,०००।- जरिवाना, सुनारलाई कर्तब्य ज्यान मुद्धामा ८ बर्ष कैद सजाय र बनियालाई बैकिङ कसुर मुद्धामा १० दिन कैद सजाय र रु १६ हजार जरिवाना रहेको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी गराईन ।
उनीहरुलाई आइतबार सम्मानित रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागी पेश गरिएको खनालले बताईन ।























