पर्यटन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

धार्मिक पर्यटकीय स्थल बुढिनन्दा परिसरमा सरसफाइ

उमेश रोकाया
२०८१ साउन १३ | मध्यान्ह ०३:०४ बजे

बाजुरा , श्रावण १३ । बाजुराको धार्मिक पर्यटकीय तिर्थ स्थल बुढिनन्दा माईको मन्दिरको परिसरमा घेरबार बनाउने काम संगै ९ वटा फोहोर फाल्ने डम्पिङ र धौली भराणमा बास बस्न स्थान ब्यबस्थापन गरिएको छ। बुढिनन्दा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बुढिनन्दा माताको मन्दिर परिसर ब्यबस्थापनका लागि बुढिनन्दा नगरपालिकाका खेलकुद प्रशिक्षक हिमाल खडका, तेक्वान्दो प्रशिक्षक ओम प्रकाश लामा, लगायत हुसो खेलाडी खकिना रोकाया, वसन्त गिरि र तेक्वान्दोका खेलाडी अनिल बोहोरा खेलाडी हरुको नेतृत्व गरेर बुढिनन्दा माईको मन्दिरको परिसरमा घेरबार संगै ९ वटा फोहोर फाल्ने डम्पिङ र धौली भराणमा बास बस्न स्थान ब्यबस्थापन गरिएको पत्रकार महेश कार्कीले बताएका छन।1722149804141

४ हजार ५ सय मिटर उचाईमा रहेकोे बुढिनन्दा पर्यटकीय स्थलमा पुगेर श्रमदान गरेर भोक, चिसो, प्यास, थकाइ नभनि श्रमदान गरेर नगरपालिका खेलाडी तिमीहरु स्थलगत पुगेर तिर्थालुलाई तिर्थ गर्न जादा आवश्यकता पर्ने मन्दिर परिसरमा घेरबार संगै डम्पिङको काम गरेर करिब ७ दिन लगाएर टोलि फर्केको छन। साउन पुर्णिामा अवसरमा बुढिनन्दा माता दर्शन गर्नका लागी तिर्थ यात्रु जाने गर्छन्। सुदुरपश्चिम प्रदेशकै पर्यटकीय स्थलको रूपमा चिनिने बुढिनन्दा अझै प्रचारप्रसार कमि भएको देखिन्छ। जसले पर्यटकहरू जिल्ला बाहिर बाट आउने संख्या कमि भएको महसुस भएको पत्रकार कार्कीले बताए।1722149786483

कमेन्टहरु