तिलौराकोटमा भिक्षु जरुकितको नेतृत्वमा २ जना र निग्रोधराम कुदानमा भिक्षु सोङकिटको नेतृत्वमा २ जना वर्षा वास बसेका हुन । तिलौराकोट राजा शुद्धोदनको राजप्रासाद तथा भगवान् गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको ठाउँ हो । निग्रोधाराम कुदान भगवान् गौतम बुद्ध ज्ञान प्राप्त गरि पहिलो पटक राजधानी कपिलवस्तु आउँदा मातापितासँग भेट गरेका महत्त्वपूर्ण स्थल हो ।
वर्षा याममा हुने वर्षा वास बस्नाले आफूले गरेका त्रुटि कमजोरीबाट कुनै पाप नलागी क्षमा दान पाउने हुँदा भिक्षु–भिक्षुणी वर्षा वास बस्ने लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताए । वर्षा बास बस्ने भिक्षुले पुण्य कमाउने जनविश्वास रहेको छ। वर्षा वासका बेला साँझ–बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्दछन् । त्यस बेला बुद्ध गुन, धर्म गुन, सँग गुन र धर्म देशना गर्दै पूजाआजा गरिन्छ । वर्षा वासका बेला बिहान एक छाक खाना खाने गर्दछन् । सके सम्म स्थानीय बासिन्दासँग भिक्षा मागेर खाने गर्दछन् । बुद्धको क्रिडास्थलमा वर्षा बास बस्न पाउँदा शान्तिको अनुभूति गरेको भिक्षु जरुकितले बताए । ३ महिना सम्मको चर्तुप्रत्य उपासक उपासीकाले नै भिक्षुलाई दिन्छन् ।
चर्तुप्रत्य भन्नाले वर्षा वासका बेला चाहिने चीवर(पहेलोबस्त्र) खाने कुरा, ओढ्ने ओछ्याउने वस्त्र र औषधी मुलोको सबै खर्च उनले व्यर्होछन् । १२ महिना बौद्ध धर्मावलम्बीहरू धर्म देशना गर्दै हिँड्थे । बुद्ध धर्ममा वर्षा याममा हुने वर्षा वास बसे आफूले गरेका त्रुटि कमजोरीबाट कुनै पाप नलागी क्षमा दान पाउने हुँदा भिक्षु भिक्षुणीहरू वर्षा वास बस्ने गर्दछ । वर्षा वास बसे भिक्षुहरूले पुण्य कमाउने जनविश्वास रहेको छ । वर्षा बासका बेला साँझ बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्दछन् ।
त्यस्तै वर्षा वासका बेला बुद्ध गुन, धर्म गुन, सँग गुन र धर्म देशना पाठ गर्दै पूजाआजा पनि गरिन्छ । त्यस्तै उनीहरुले स्थानीय बासिन्दासँग भिक्षा मागेर एक छाक खाने गर्दछन् । बुद्ध धर्मावलम्बी लागि वर्षा वास निक्कै महत्त्वपूर्ण पर्व भएकोले थाईल्याण्डबाट यहाँ आई वर्षा वास बस्ने गरेको थाई बाट निग्रोधारामका कार्यवाहक अध्यक्ष राजेश ज्ञवालीले बताए ।

























