देश

पाल्पाकाे रिब्दिकोट डबकामा गाेठ भत्किदा पाडा र कुखुरा मर्यो, तीन लाख बराबरको क्षति

टोप कामु मगर
२०७७ भदौ १६ | बिहान ११:०५ बजे

पाल्पा,
पाल्पाकाे रिब्दिकाेट डबकामा गाेठ भत्किदा भैंसी र कुखुरा च्यापिएकाे छ । रिब्दिकोट गाउँपालिका-७ डबका बस्ने ईमानसिंह कुँवरको ढुङ्गा माटोले बनेको जस्ता पाताको छानो भएको २ तले कच्चि गोठ भत्किदा भैंसी र कुखुरा च्यापिएकाे प्रहरीले जनाएकाे छ ।

गोठमा रैनादेवी गा.पा.-५ मुझुङ घर भएकी बर्ष ५५ की पार्बती खड्काले भैंसी र कुखुरा पाल्दै आईरहेको थियो ।गोठ जिर्ण भएको कारण आफै भत्किएकाे हाे ।
गोठ भित्र रहेका १० ओटा लोकल कुखुरा र १ ओटा भैंसीको पाडो च्यापिन गई मरेका छन, भने एउटा भैसी घाईते भएको प्रहरीले जनाएकाे छ ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय मुझुङबाट प्रहरी नायव निरिक्षक दुर्गा बहादुर केसीको कमाण्डमा चार जनाको टोली खटिएको छ ।

उक्त घट्नामा खड्काको तीन लाख बराबरको नोक्सानि भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरी कार्यालय मुझुङ् पाल्पाले नवलपुर टुडेलाई जनाएकाे छ ।

कमेन्टहरु