धर्म–संस्कृति/रीतिथिति

शिलामा पसिना आएपछि प्रसिद्ध दोलखाको भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा

नवलपुर टुडे
२०८१ साउन ११ | मध्यान्ह ०२:०४ बजे

दोलखा, साउन ११ । प्रसिद्ध दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट पूजा गरिएको छ।

भीमेश्वरमा शिलामा पसिना आएपछि राष्ट्रपतिको तर्फबाट आज (शुक्रबार) क्षमा पूजा गरिएको हो। शिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास छ ।

पसिना आएपछि राष्ट्र र जनताले कुनै पनि अनिष्टको सामना गर्नुनपरोस भनेर राष्ट्रप्रमुखले क्षमा पूजा पठाउने परम्परा छ।सोही परम्परा अनुसार राष्ट्रपति कार्यालयको तर्फबाट मन्दिरमा धार्मिक विधि अनुसार क्षमा पूजा गरिएको हो।

राष्ट्रपतिको तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल आफै कर्ता बसेर धार्मिक विधि अनुसार रुद्री र होम गरेका थिए।

कमेन्टहरु