मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

विद्यालय दिवा खाजा गोदाम संयुक्त अनुगमन

उमेश रोकाया
२०८१ साउन १० | मध्यान्ह १२:०४ बजे

बाजुरा । विद्यालय दिवा खाजा खुवाउने दाल सहित गोदामको संयुक्त स्थलगत अनुगमन गरिएको छ।

गिफ्ट नेपाल द्रारा संचालित स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम अन्तर्गत सुनौलो बचत तथा ऋण सहकारी संस्थाले खरिद गरिएको दालविद्यालय  दिवा खाजामा खुवाउन उपयुक्त छ कि छैन भन्ने हिमाली गाउँपालिका केन्द्र रहेकोे भवानी माध्यमिक विद्यालय  दाल गोदाम उपाध्यक्ष राजकला सार्कीको संयोजकमा स्थलगत अनुगमन गरिएको छ।

स्थलगत अनुगमन गर्दा दाल गोदाम व्यबस्थित कस्तो तरिकाले राखिएको छ। त्यसको बारेमा बुझ्न् दाल गोदाममा गएर चेकजाँच गरेका छन। जुन ठाउँमा राखिएको दाल राम्रो खानको लागी उपयुक्त रहेकोे पनि बताएका छन। विद्यालय खुलेको समयमा प्रत्येक विद्यालयलाई सबै बालबालिका दाल मिसाएर खुवाउन समेत आग्रह गरेको छ। आउँदा दिनहरूमा विगतको भन्दा राम्रो गर्नु होला भन्ने सुझाव सल्लाह दिएको हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताउनुभयो।

पालिका भएका २२ वटा विद्यालय दाल वितरण गर्ने कार्य सुरु गरिएको छ। एक जना विद्यार्थी बराबर २० ग्राम पर्ने हिसाबले विद्यालयलाई गोदाम रहेकोे दाल वितरण कार्यक्रम जारी रहेकोे छ। एक महिनामा १० क्वीन्टल दाल खपत हुने गरेको छ। वर्ष भरी ७२ क्वीन्टल दाल विद्यालय आउने विद्यार्थीहरुलाई दिवा खाजा संग मिलाए दाल खुवाउने गरेको गिफ्ट नेपाल हिमाली गाउँपालिका संयोजक लक्ष्मीप्रसाद पाण्डेले बताएका छन। उनको अनुसार एक महिना १८ दिन सम्म कक्षा १ देखि ६ सम्म कक्षाका विद्यार्थीहरुले दिवा खाजा दिने गरेको छ। पालिका भरीका दिवा खाजा खाने विद्यार्थी संख्या २ हजार सम्म रहेकोे छन।

हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की संयोजकमा दिवा खाज दाल गोदाम अनुगमन संयुक्त गरिएको छ। अनुगमनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमकला मल्ल, गोदाम व्यवस्थापन कर्मचारी मदन थापा, गिफ्ट नेपाल हिमाली गाउँपालिका संयोजक लक्ष्मीप्रसाद पाण्डे, सुनौलो बचत तथा ऋण सहकारी अध्यक्ष तिलक राज तिमिल्सिना बडिमालिका माध्यमिक विद्यालय प्रधानाध्यापक दिपकराज पाण्डे, आइ.डि.एस. नेपाल हिमाली गाउँपालिका सुपरभाइजर भिमप्रसाद पाण्डे सहित स्थलगत रूपमा संयुक्त अनुगमन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमकला मल्लले बताउनुभयो।

कमेन्टहरु