टिकटकमा महिलाहरुको फोटो राखेर अश्लील शब्द प्रयोग गरि गाली गरेको आरोपमा युबा पक्राउ

जगत ठाडा मगर
२०७८ असार ९ | मध्यान्ह ०४:०३ बजे

दाङ । सामाजिक सञ्जालमा महिलाहरुको फोटो राखेर अश्लील शब्दहरु प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
टिकटक लगायत सामाजिक सञ्जालमा फेक आइडीहरु बनाएर महिलाहरुको फोटो राख्ने र त्यसलाई फेसबूक, टिकटक मार्फत अश्लील शब्दहरु लेखी पोष्ट गरी चरित्र हत्या गरेको आरोपमा दाङको घोराहीका डेबिट पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तो नगर्न सम्झाउन खोज्दा उल्टै पीडितसँग हातपात तथा अभद्र व्यबहार गरेको आरोप पनि उनीमाथि लागेको प्रहरीले जानकारी दिएको छ ।
पीडित पक्षको जाहेरीपछि प्रहरीले पुनलाई आइतबार पक्राउ गरेको हो । पक्राउ परेका पुनमाथि अभद्र व्यवहारको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।






















