पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवतीकाे मृत्यु

नवलपुर टुडे
२०८१ साउन १० | बिहान ०६:०४ बजे

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका भोरहवा गाउँकाे पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ।
कृष्णनगर नगरपालिका वडा नं ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र बर्षिय दुर्गीवती कोहार पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हाे ।
दिउँसाे पाेखरीमा पौड़ी खेल्ने क्रममा डुबेर मृत्यु भएकाे युवती स्थानीय दुखिराम कोहारकी छोरी रहेकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनुभयो।
उनको शवलाई शिवराज अस्पताल बहादुरगंज कपिलवस्तुबाट पोस्टमार्टम समेत भई सकेपछि परिवारलाई जिम्मा लगाइएकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
साथै बर्षाको समयमा ताल, पोखरी लगायत ठांँउ जलमग्न भएको अवस्थामा बाल बच्चालाई सो स्थानहरूमा जान नदिन अभिभावक सचेत हुनुपर्ने प्रनि खत्रीले सुझाएका छन ।























