स्वास्थ्य

टेकु अस्पतालबाट हैजाका तीन जना बिरामी भागे, खोजी कार्य जारी

नवलपुर टुडे
२०८१ साउन ९ | मध्यान्ह ०२:०४ बजे

डेढ घण्टाको फरकमा तीनै जना भागेको अस्पतालको आकस्मिक कक्षका इन्चार्ज भानेश्वर यादवले जानकारी दिए। उनीहरूमध्ये एक जना शौचालयको भेन्टिलेसनबाट हाम फालेर र अन्य दुई जना वार्डबाटै भागेको अस्पतालले जनाएको छ।

ललितपुरको ठैबस्थित नशारहित समाजद्वारा सञ्चालित पुनःस्थापना केन्द्र९रिहाबिलिटेसन सेन्टर०मा हैजा संक्रमण भएको पुष्टि भएपछि चार जनालाई आइतबार टेकु अस्पताल ल्याइएको थियो। तीमध्ये मंगलबार एक जनामा गम्भीर समस्या देखिएपछि पाटन अस्पतालमा रेफर गरिएको अस्पतालले जनाएको छ।

यस्तै साउन १ गते सोही केन्द्रबाट हैजाको संक्रमण पुष्टि भएर ल्याएका एक जना युवालाई भने टेकु अस्पतालकै आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

ठैबको उक्त पुनःस्थापना केन्द्रमा बिरामीहरूमा झाडा वान्ताको लक्षण देखिएपछि ¥यापिड टेष्ट९द्रुत परीक्षण० गर्दा हैजा पुष्टि भएको थियो। यद्यपि कल्चर परीक्षणको नतिजा भने आइसकेको थिएन। र्‍यापिड टेस्टमा हैजा देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुर, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनीहरूलाई टेकु अस्पताल पठाएको थियो।

भागेकाहरू पुनःस्थापना केन्द्रमा राखिएका दुर्व्यसनी भएकोले मौका छोपेर भागेको हुन सक्ने इन्चार्ज यादवले बताए। भागेपछि अहिले उनीहरूको खोजी चलिरहेको छ। उनीहरू भाग्दा समुदायमा हैजा फैलने जोखिम हुने भएकाले सावधानी पूर्वक खोजी कार्य भइरहेको अस्पतालले जनाएको छ।

कमेन्टहरु