परम्परालाई बचाँइ राख्न निर्माण भएकाे नेपाल भाषाक्क “बुँदिं भिन्तुना” म्यूजिक भिडियो सार्वजनिक


काठमाडौं । नेपाल भाषाको “बुँदिं भिन्तुना” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । माैलिक परम्परा जिवन्तता दिन निर्माण गरिएकाे म्युजिकमा तिर्थमान महर्जनले शब्द रचना गरेकाे छ । साे म्यूजिक भिडियाे चर्चित गायिका रत्नशोभा महर्जन र दिपा महर्जनको स्वर दिएका छन् ।
साथै गीतमा संगीत संयोजन र निर्देशन शिव शाहीले गरेका छन् भने छायांकन र सम्पादन म्यूजिक भिडियो गायन कलाकार राजेन्द्र डंगोलले गरेका छन् । गीतका शब्द रचनाकार तिर्थमान महर्जन, मीरा डंगोल र बाल कलाकार, हृहान बिक्रम खडेगीको मुख्य अभिनय रहेको छ । म्युजिक भिडियोमा अतिथि कलाकारका रुपमा कृष्णभक्त महर्जनको भूमिका रहेको छ ।
आजकल जन्मदिन मनाउने क्रममा नेवाः परम्परा अनुसार सुकुण्दा बालेर अण्डा सगुन दिने मौलिक परम्परालाई जोगाउनका लागि म्यूजिक भिडियो निर्माण गरेको म्यूजिक भिडियो निर्माता रजनी महर्जनले जानकारी गराइन ।
भिडियो हेर्नको लागि लिङ्क क्लिक:
https://youtu.be/zmR77u0olQs























