समाचार

बिनयी त्रिवेणीस्थित गण्डक ब्यारेजमा महिलाको शव फेला

नवलपुर टुडे
२०८१ साउन ३ | मध्यान्ह ०६:०४ बजे

त्रिवेणी । पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका- ७ गण्डक ब्यारेजमा शव फेला परेको छ । आज नारायणी नदी किनारमा अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलका अनुसार १५ वटा शव पूर्वी नवलपरासी, ४ वटा चितवन र १ वटा पश्चिम नवलपरासीमा भेटिएको हो ।

भेटिएका अधिकांश शव चितवनको सिमलतालमा भएको दुर्घटनामा परेका यात्रुहरु छन् । आज फेला परेको शवको सनाखत नभएकाले अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

अहिलेसम्ममा नारायणीमा २० वटा शव फेला परेको छ । ती शव मध्ये १४ वटाको सनाखत भएको छ भने ६ वटा शवको पहिचान खुल्न बाँकी छ ।

कमेन्टहरु