नवलपुरको देवचुलीमा कुलोमा डुबेर महिलाको मृत्यु

नवलपुर टुडे
२०८१ साउन ३ | बिहान ०९:०४ बजे

नवलपुर, साउन ३ । पुर्वी नवलपरासीको देवचुलीमा नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका- ८ माईतीघरमा बस्दै आएकी बर्ष ३२ कि गंगा बि.क. रहेकी छिन ।
बिहिवार बिहान ५:३० बजे सिचाईको लागि बनाईएको नहरको कुलोमा डुबिरहेको अबस्थामा देखि उपचारका लागि दुम्कौलि नगर अस्पतालमा पुर्याउदा बिहान ६:४० बजे मृत्यु भईसकेको अस्पताल श्रोतले ८:०० बजे प्रहरीलाई जानकारी आएको कार्यालयका सुचना अधिकारी बेदबहादुर पौडेल जानकारी दिएको छ ।
प्राप्त सुचना पश्चात प्रहरीको टोली खटिगई थप अनुसन्धान भईरहेको पौडेलले बताए ।























