नवलपरासीको प्रतापपुरमा सर्पको टोकाईबाट महिलाको मृत्यु

नवलपुर टुडे
२०८१ असार ३० | मध्यान्ह ०२:०३ बजे

प्रतापपुर, असार ३० । पश्चिम नवलपरासीमा सर्पको टोकाईबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका- ८ गंगापुर बस्ने बर्ष ३२ की रुना पाल रहेकी छिन ।
उनको आज बिहान ४ बजे आफ्नै घरमा सुतिरहेको अबस्थामा अचानक नाम नखुलेको सर्पले टोकी बेहोस भई उपचारको लागि सर्प दंश केन्द्र त्रिबेणी क्याम्प लगेकोमा उपचार हुन नसकी थप उपचारको लागि जिल्ला अस्पताल परासी ल्याएकोमा बिहान ०८:५५ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले जानकारी दिएको छ ।


















