देशको समस्याले गर्दा किसान मारमा परेका छन, किसानका लागि आन्दोलन गर्न तयार छु : पवन गोल्यान

जगत ठाडा मगर
२०७८ असार ८ | मध्यान्ह ०८:०३ बजे

काठमाडौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष तथा उद्यमी पवन गोल्यानले कृषि क्षेत्रमा साना किसानको विकासमा टेवा पुर्याउनु आवश्यक रहेको बताएका छन् ।
उनले सरकारले कृषिमा छुट्याएको बजेट वास्तविक कृषकसम्म पुग्न नसकेको बताए । मिडिया इन्टरनेशनलको कार्यक्रममा उनले कृषिमा सीप, मल, कृषि यन्त्र, सिँचाइको अभाव र बजारीकरणको समस्या रहेको भन्दै बजेट जतिसुकै आएपनि केहि नहुने बताए ।
गोल्यानले कृषिको प्रशोधन र उत्पादन भएका बस्तुको बजारीकरणका लागि संरचना बनाउनुपर्ने बताए । कृषि कर्जा प्रवाहमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले कृषिका लागि आन्दोलन नै आवश्यक भएकोमा जोड दिए ।
‘उत्पादन गर्ने व्यक्ति सबै समान छन्, सबै कुराको विकास भयो, तर उत्पादन र कृषिको व्यवसायमा विकास भएन, यसका लागि आन्दोलन नै गर्नु परेपनि म तयार छु ।’






















